२१ श्रावण २०७३, शुक्रबार

नेपाली काँग्रेसको सहयोग लिएर सत्तामा पुगेको नेकपा माओवादी केन्द्र र स्वयम् कांग्रेसमा मन्त्री छनौटको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । यसअघि १३ मन्त्रालय लिएर सत्तामा जान राजी भएको काँग्रेस र प्रधानमन्त्री सहित ८ मन्त्रालय लिने काँग्रेस माओवादीबीच भएको सहमतिमा समेत दलहरु अडिन सकेका छैनन् । काँग्रेस र माओवादी दुवैमा आन्तरिक असन्तुष्टि चुलिएको छ भने मन्त्रीका आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा समस्या देखिएको छ । जस्को कारण मन्त्रीपरिषद्को विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ ।

LIVE TV