२१ श्रावण २०७३, शुक्रबार

संगीत रोयल्टी संकलन समाज नेपालले गीतसंगीत क्षेत्रका ७० जना श्रष्टाहरुलाई रोयल्टी बितरण गरेको छ । म्युजिक नेपालले नेपाल टेलिकमबाट प्राप्त आरबीटीबापतको रकमको ६० प्रतिशत रकम समाजले श्रष्टाहरुलाई वितरण गरेको हो ।
नेपाल टेलिकमले आरबीटीबापत ११ लाख ५२ हजार रुपैया म्युजिक नेपालाई हस्तान्तरण गरेको थियो । त्यसको ६० प्रतिशत रकमलाई संगीत रोयल्टी संकलन समाजले गीतकार, गायक तथा संगीतकारहरुलाई बितरण गरेको हो । रोयल्टी बितरण कार्यक्रममा एमालेका नेता रबीन्द्र अधिकारीले र कलाकारहरुको जिबीको पार्जनको मुख्य आधार नै रोयल्टी भएको बताउनुभयो । उहाँले यस्को अवस्थालाई सुधार गरी भबिष्यका दिनमा सुदृढ गर्दै लानु पर्ने बताउनुभयो ।
गायक तथा संगीतकार चेतन सापकोटाले रोयल्टीलाई सस्थागत रुपमा वितरण गर्नु उपलब्धिपूर्ण कदम भएको बताउनुभयो ।
रोयल्टी संकलन समाजका उपाध्यक्ष दयाराम पाण्डेले  आगामी दिनहरुमा रोयल्टीलाइ थप ब्यावस्थापन गरी कार्यान्वयनको प्रक्रियामा जाने बताउनुभयो ।

LIVE TV