२१ श्रावण २०७३, शुक्रबार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान शासकीय स्वरुप रहे सम्म मुलुकमा स्थिरता आउन नसक्ने बताउनु भएको छ ।


शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग नयाँ शक्ति नेपालका संयोजक समेत रहनु भएका पूर्व प्रधानमंत्री भट्टराईले सुधारिएको संसदीय व्यवस्थाका कारण सरकार परिवर्तनका खेलहरु भईरहेको र अस्थिरता बढाएको निष्कर्ष सुनाउनु भयो । उहाँले मुलुकमा राजनैतिक स्थिरता कायम नभए सम्म विकास निर्माण र आर्थिक समृद्धि सम्भव नभएको बताउँदै शासकीय स्वरुप परिवर्तन गर्नुको विकल्प नभएको दोहो¥याउनु भयो ।
एक प्रश्नको जवाफमा संयोजक भट्टराईले संविधान कार्यान्वयनका लागि डेढ वर्ष भित्र स्थानीय निकाय र प्रदेशको सीमांकन सम्पन्न गरी एकै पटक स्थानीय, प्रदेश र व्यवस्थापिका संसदको निर्वाचन गर्नुपर्ने धारणा पनि दोहो¥याउनु भयो ।

LIVE TV