२१ श्रावण २०७३, शुक्रबार

अर्घाखाँचीको खिल्जी गाविसमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।

खिल्जी गाविस– १ बस्ने ६४ वर्षीय बिनबहादुर खप्तडीको खेतमा पानी लगाएर फर्कने क्रममा घर नजिकै अरिङ्गालले चिलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो ।

अरिङ्गालले चिलेर गम्भीर घाइते भएका खप्तडीलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । रासस

LIVE TV