सम्बन्धविच्छेदको क्रममा वृद्धि



प्रकाशित मिति : Aug 05, 2016

कास्कीमा सम्बन्धविच्छेद गर्ने विवाहित जोडीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । आव २०७२÷७३ को असार मसान्तसम्म ५८९ जोडीको सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको पैmसला भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

सो अवधिमा सम्बन्धविच्छेदका ६९७ मुद्दा भएका थिए । अझै १०८ वटा त्यस्ता मुद्दा फैसला हुन बाँकी रहेका छन् । अघिल्लो आवमा सम्बन्धविच्छेदका ६२४ वटा मुद्दा दर्ता भएकामा ५०९ वटा मुद्दाको पैmसला भएको थियो ।

घरेलु हिंसा, वैदेशिक रोजगार, महिला र पुरुषमा बेमेललगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com