झापाका बजारमा तरकारीको मुल्य अप्रत्यासित रुपमा बढ्यो



प्रकाशित मिति : Aug 04, 2016

पछिल्लो समय भएको बर्षाका कारण झापाका बजारमा तरकारीको मुल्य अप्रत्यासित रुपमा बढेको छ । बर्षाका कारण खेतबारीमा लगाइएको तरकारी पानीले बिगारेका कारण झापाका बजारमा तरकारीहरुको मुल्य अप्रत्यासित रुपमा वृद्धि भएको हो ।


बर्षाले विभिन्न स्थानमा लगाइएका तरकारी नष्ट भएपछि अभावले मुल्य वृद्धि भएको व्यापारी बताउँछन् । बर्षाको सिजन भएकाले मेची अञ्चलका पहाडी जिल्ला र भारतबाट समेत तरकारी आयात भएका कारण भाउ आकासिएको उनीहरुको भनाइ छ । बर्षा हुनु अघि असारको मुल्य भन्दा चार गुणा सम्म तरकारीको मुल्य वृद्धि भएपछि आम उपभोक्ता मारमा परेका छन् ।
नेपालीको चुलोमा सबभन्दा बढी प्रयोग हुने तरकारी आलु दुई साता अघि सम्म प्रतिकेजी ३० देखि ४० थियो । अहिले ८० देखि एक सय रुपैया“ सम्म पुगेको छ । त्यस्तै खुर्सानी प्रतिकेजी ४० रुपैयाँ रहेकोमा अहिले १ सय २० रुपैयाँ पुगेको छ । करेला, भिण्डी, बोडी, पर्वल, लौका, टमाटर, बन्दाकोभी, प्याज लगायतको मुल्य पनि हाल तेब्बर पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com