नेपाल वायुसेवा निगमले पुनः दुवईको उडान भर्ने



प्रकाशित मिति : Aug 04, 2016

नेपाल वायुसेवा निगमले आगामी भाद्र २ गते देखि दुवईमा पुनः उडान भर्ने भएको छ । अवदेखि काठमाडौँबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।


खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनः उडान सञ्चालन गर्न लागेको हो । आगामी भदौ २ गतेदेखि काठमाडौँ–दुबई नियमित सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर बार्षिक एक अर्ब रकम आम्दानी गर्ने लक्ष्य लिएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बताउनुभयो ।

विसं २०४१ माघदेखि काठमाडौँ–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँ चार घन्टा १५ मिनेटको हुने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com