२० श्रावण २०७३, बिहीबार

धितोपत्र बजारमा आज नेप्से परिसूचक ४५।१२ अङ्कले कमी आएको छ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहालले शपथ लिनुभएकै दिन नेप्से परिसूचकमा उच्च कमी आएको हो । कुल १४२ कम्पनीको रु एक अर्ब ५० करोड ९९६ मूल्यको सेयर कारोबार भएको हो । कुल रु २७ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ समूह २।३४, होटल ४।५५, विकास बैंक २।७७, जलविद्युत् २।२१, फाइनान्स २, बिमा ३।३८, उत्पादन १।९७ र अन्य समूह १।४८ प्रतिशतले कमी आएको हो । रासस

LIVE TV