नवलपरासीमा निकासीको पुनः टेन्डर आव्हान



प्रकाशित मिति : Aug 04, 2016

जिल्ला विकास समिति नवलपरासीले चालु आर्थिक बर्ष २०७३÷०७४ का लागि जिल्ला निकासी ठेक्का पुनः आव्हान गरेको छ । खोलाजन्य बस्तु जिल्ला बाहिर जाने गरी लगाउन लागिएको ठेक्काका लागि यस अगावै बोलपत्र आव्हान गरिए पनि ठेक्का न्युनतम् मुल्यमा गएको भन्दै पुनः बोलपत्र आव्हान गरिएको जिल्ला विकास समिती नवलपरासीले जनाएको छ ।


यस अगावै बोलपत्र आव्हान गरी ठेक्का प्रकृया अगाडि बढाउन खोज्दा जिविसमा दिनप्रति दिन विवाद बढ्दै गएपछि ठेक्का बदर गर्दै पुनः सुचना प्रकाशन गरिएको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताउनुभयो ।
अघिल्लो बर्षको तुलनामा यस बर्ष न्युनतम अंकमा ठेक्का गएपछि राजनीतिक दल, नागरिक समाज, निर्माण व्यवसायी र जिल्लावासीहरुले पुनः बोलपत्र हुनुपर्ने माग राखेपछि सो ठेक्का रद्द भएको थियो ।

जिविसले गत बर्ष १ करोड २० लाख न्युनतम अंक रहेकोमा यस बर्ष १ करोड ३० लाख न्युनतम् अंक कायम गरी ठेक्का लगाउन खोजिएको दाबी जिविसले गर्दै आएको छ ।

ठेक्का न्युनतम् अंक गत बर्ष भन्दा यस बर्ष नियम अनुसार नै बढी राखिएको जिविसको भनाइ छ । दुई सातादेखि ठेक्काको विषय लिएर जिविसमा उत्पन्न भएकोे विवाद मिलाउन सर्वदलीय बैठकले यसअघिको ठेक्का खारेज गरि पुनः बोलपत्र आव्हान गरिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com