२० श्रावण २०७३, बिहीबार

काठमाडौंको तारकेश्वरका नगरपालिकाका महिला समूहको अगुवाईमा गाउँमा लगाइएको गाजा नष्ट गरियो, गाउँलाई गाजा मुक्त बनाउने महिलाहरुको तयारी

काठमाण्डौको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिका पाँचमानेका महिला समूहको अगुवाइमा गाँजा नष्ट गरिएको छ । काठमाडौं जितपुर पाँचमानेका महिलाहरुले वडाभरि लगाइएका गाँजा नष्ट पार्ने कामको सु्रुवात गरेका हुन् । रोल
स्थानीय प्रहरी प्रशासनको सहयोगमा स्थानीय महिला समूहले गाँजा नष्ट पार्ने काममा सक्रियता देखाएका हुन । गाउँका विभिन्न ठाउँमा लगाइएका गाँजाले वालवालिका, युवायुवतीमा गाँजाको प्रत्यक्ष प्रभाव पर्दै आएको थियो ।
प्रतिवन्धित लागुऔषधको रुपमा घोषणा गरिसकेको गाँजालाई सरकारले नष्ट गर्दै आएको छ । तर अझै केही स्थानमा लुकिछिपी यसको खेती समेत हुँदै आएको छ ।

LIVE TV