२० श्रावण २०७३, बिहीबार

खेलहरुको महाकूम्भ मानिने ओलम्पिक खेलको ३१ औ संस्करण भोलिबाट ब्राजिलको रियो दी जेनेरियोमा सुरु हुदैछ । रियो दि जेनेईरोस्थित चर्चित मराकाना रंगशालामा भोलि भव्य समारोहकाबीच ओलम्पिकको उद्घाटन हुँदैछ । तर उदघाटन समारोह अगावै ओलम्पिकका खेलहरु सुरु भइसकेका छन् । यस्तोमा ओलम्पिकको प्रमुख आकर्षणमध्येको एक पुरुष फुटबलको प्रतिस्पर्धापनि आजबाटै सुरु हुँदैछ ।

विश्वका २ सय ८ राष्ट्रका १० हजार ५ सयभन्दा बढी खेलाडी ३२ खेलमा सहभागि हुने ओलम्पिकको नयाँ संस्करण ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा शुक्रबारबाट सुरु हुँदैछ । औपचारीक रुपमा खेलको उद्घाटन हुन बाकि रहेपनि केहि खेलहरु भने सुरु भएको छ । महिला तर्फ फुटबलका खेलहरु सुरु भएको छ भने पुरुष फुटबलको पनि खेल आजबाट सुरु हुदैछ  । रियो ओलम्पिकमा पुरुष फुटबलका सबैभन्दा ठूला स्टारको रुपमा ब्राजिलियन सुपरस्टार नेइमारलाई प्रस्तुत गरिएको छ । महिला फुटबलतर्फ भने ब्राजिल, जर्मनी, स्वीडेन, क्यानडा, फ्रान्स र अमेरिकाको बिजयी सुरुवात गरेका छन् । यसअघि ब्राजिलले रियो ओलम्पिकको तयारी थालेसंगै आयोजक मुलुक चर्को विवादमा पनि परेको थियो ।  भ्रष्टाचारका घटनाहरु वाहिर आए भने त्यसमाथि जिका भाइरसको आतंकले ब्राजिलको रियो शहरमा हुने ओलम्पिकलाई थप तनावमा पु¥याए पनि रियो ओलम्पिक भने सुरु भएको छ ।

LIVE TV