
बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रुद्रबहादुर थापा आज सम्मानित हुनुभएको छ ।
पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा आयोजित एक कार्यक्रममा स्वतन्त्रता सेनानी एवम् अग्रज पत्रकार केशवराज पराजुलीले पत्रकार थापालाई दोसल्ला ओढाई पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले राजनीतिमा हुने विकृति र विसङ्गतिको अन्त्य गर्न पत्रकारहरुले सधैँ खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा एक्प्रेस पाक्षिकका प्रधान सम्पादक जमुना वर्षा शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारले लामो समयसम्म सेवा गरेबापत पाउने एउटै मात्र सम्मान हो भन्नुभयो ।
स्व बालकृष्ण उग्रताराको परिवारद्वारा स्थापित सो पुरस्कारको राशि रु २० हजार १०१ र सम्मानपत्र रहेको छ । रासस (तस्बिर उपलब्ध छ)