
लोक गितमा रुचाइएकी गायिका कोमल ओलिले श्रोतालाई हरेक बर्षको तिजमा केही न केही सांगितिक कोसेलि उपहारको रुपमा दिने गरेकी छिन ।यस पटक पनि गायिका ओलिको पोइ चाइयो भनेर गित गाउने लाष्टै चोटी हो बोलको गित भिडीयो सहीत सार्बजनिक भइसकेको छ ।निरन्तर तिजको अबसरमा गायिका ओलिको पोइ सम्बन्धी गित आउने गरेको छ भने ।कत्ती गायक हरुले उनको गितको जवाफ दिदै समेत एल्बम निकालेका छन ।यस पटकको गितमा भने गायिका ओलिलाई गायक पशुपति शर्माले साथ दिएका छन ।
आफु एक कलाकार भएकोले आफ्नै जिबनको ब्यक्ती गत अभिब्यक्ती भन्दा पनि श्रोताले कस्तो बिषय बस्तुलाई रुचाउद छन त्यस्तै बिषयलाई प्रस्तुती गर्दै जानु पर्ने उनको तर्क छ ।तिजमा श्रीमानको लागि ब्रत बसिने र श्रिमान संग ब्रतको कुरा जोडियर आउने भएकोले पोइको शब्दले प्राथमीकता पाउदै आएको उनि बताउद छिन ।
सम्पुर्ण हीन्दु नारीहरु तिजमा सहभागि हुने हुुदा यो पर्बलाई हल्का रुपमा मात्र लिनु भन्दा पनि नारी ससक्ती करणको लागि ,नारीको हक हीतको लागि केन्द्रीत गर्न सके अझ राम्रो हुने पनि उनि बताउद छिन ।
गत बर्षका गितहरु जस्तै यस पटकको उनको गितलाई पनि धेरै श्रोताहरुले रुचाई दिएकोमा गायिका कोमल ओलि खुसि छिन ।देश र बिदेश बाट समेत उनको गित सहीत प्रस्तुती गर्नको लागि कार्यव्रmमको लागि अफर आइ रहेको कारण अब तिज सम्म भ्याइ नभ्याई हुने उनको तर्क छ ।