२० श्रावण २०७३, बिहीबार

एकाएक हिट फिल्म दिदै गरेकी नायिका दीपीका पादुकोण सँग राम्रा फिल्महरुको ताँती लागेको छ । रिपोर्टस्का अनुसार दीपीकाले तुन बेड्स मनु फिल्मको निर्देशक आनन्द एल रायको साथमा एउटा फिल्म गर्ने भएकीछिन् । जुन फिल्ममा दीपीकाको को स्टार किङ खान शाहरुख खान रहने भएका छन् ।

शाहरुख खान र दीपीका पादुकोणले यो फिल्म भन्दा पहिले नै ओम शान्ती ओम,चेन्नाई एक्स्प्रेस,ह्याप्पी न्यु इयर जस्ता फिल्महरुमा सँगै काम गरीसकेका छन् । अहिले आएर दीपीकाको करीयर निकै माथी चुलिएको छ । साथै उनि बलिउडमा सबै भन्दा महंगो हिरोईन पनि बनेकी छिन् ।
त्यस्तै दिपीकाले हलिउड डेब्यु फिल्म त्रिपल एक्समा भिन डाईसेल सँग पनि काम गरीसकेको छीन् । उक्त फिल्म भने जनावरीमा रीलीज हुनेछ । शाहरुख खान र दीपीका पादुकोणले उक्त फिल्मको लागी कुरा भईसकेको छ, अब चाँडैनै साईन पनि गर्नेभएका छन् । यस फिल्ममा शाहरुख बौनेको भुमिकामा देखिने भएका छन् ।

LIVE TV