२० श्रावण २०७३, बिहीबार

फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ को रेड कार्पेट प्रिमियर भएको छ । फिल्मका युनिटले आफ्नो अतिथीहरुका लागी कुमारी हलमा प्रिमियर सम्पन्न गरेको हो । प्रिमियर हेर्ने अतिथीहरुको जमात निकै राम्रो थियो ।

vlcsnap-2016-08-04-11h06m11s373
फिल्मले नेपाली मौलीक कथा बस्तुलाई पर्दामा प्रस्तुत गरेको छ । साथै फिल्ममा रहेका सबै कलाकारहरुले गाउँले परिबेशमा गरेका आ आफ्नो पात्रलाई पनि न्याय गरेका छन् । फिल्मले हाम्रै पुरानो चलनचल्तीलाई कमेडी, रोमान्स, तथा लभस्टोरीबाट पर्दामा प्रस्तुत गरेको छ ।
फिल्म शुक्रबार बाट दर्शक माझ प्रस्तुत हुदैछ । फिल्म लाई ऋषि राज आचार्यले लेखन,निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मका निर्माता तथा निर्देशक आचार्यले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’फिल्मले अहिले सम्म दर्शकहरुको प्रतिकृया निकै राम्रो आईरहेको बताए । साथै उनले आफ्नो फिल्मले अन्य फिल्मको दाँजोमा उत्कृष्ट कथाबस्तुलाई पर्दामा प्रस्तुत गरेको बताउँछन् । सम्पन्न भएको उक्त फिल्मको प्रिमियरमा निर्माता तथा निर्देशक आचार्य बोल्दै शुक्रबार बाट हलमा लाग्दै गरेको ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’लाई हेरेर प्रतिकृय दिन दर्शकहरुलाई आग्रह पनि गरेका छन् ।
vlcsnap-2016-08-04-11h06m54s899
फिल्मका लीड कलाकारहरुको रुपमा सुसान्त कार्की,सुर्जनी केसी,सुसिल सिटौला,शिशीर भण्डारी,ऋजा भुषाल,रष्मी भट्ट, सुरिष्मा मगर लगाएतका कलाकारहरु रहेका छन् । प्रिमियरमा उपस्थित फिल्मका कलाकार सुसान्त कार्कीले फिल्मको कथाबस्तुका साथै फिल्म समग्र रुपमा उत्कृष्ट रहेको बताए । त्यस्तै फिल्मकी लीड नायिका केसीले पनि आफुले फिल्ममा रहेको आफ्नो पात्रको न्याय गरेकी बताउँदै फिल्मलाई दर्शकहरुले मन पराईदिनेमा बिश्वस्त रहेकी बताईन् । साथै, आफुले गरेकी अभिनयलाई हेरेर प्रतिकृय दिन पनि उनले दर्शकहरुलाई आग्रह गरीन् ।
vlcsnap-2016-08-04-11h08m08s370
फिल्ममा गम्भिर बिष्टको नृत्य निर्देशन हरेको छ भने,राहुल राईको सिनेमाटोग्राफि रहेको छ । यहि शुक्रबार बाट दर्शक माझ प्रस्तुत हुदै गरेको सुन्तलीलाई भगाई लग्यो झिल्केले फिल्मको रीलीज गीत तथा प्रोमोको प्रतिकृयालाई देखेर फिल्मका निर्माण पक्ष निकै नै उत्साहीत छन् ।

 

vlcsnap-2016-08-04-11h06m39s031

LIVE TV