२० श्रावण २०७३, बिहीबार

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा व्यस्त हुनुहुन्छ । शपथ लिने दुई दलका सदस्यहरुको नाम तथा मन्त्रालयको जिम्मेवारी बाँडफाँटको टुंगो लगाउन उहाँहरु छलफलमा व्यस्त हुनुभएको हो ।
प्रधानमन्त्रीको निर्वाचन पूर्व संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको मधेसी मोर्चा लगायतका साना दललाई सहमतिमा ल्याउन समय खर्चनु परेका कारण कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले मन्त्रालयको बाँडफाँट तथा मन्त्रीहरुको चयनमा ध्यान दिन पाउनु भएको थिएन ।
नयाँ मन्त्रिमण्डलका लागि गृह कांग्रेस र अर्थ माओवादीको भागमा परेको छ । कांग्रेसको पक्षमा गृहसहित रक्षा, परराष्ट्र, भौतिक योजना, पर्यटन मन्त्रालय पर्ने निश्चित भएपनि उसले यी बाहेक स्थानीय विकास, शिक्षा, कानुन र सामान्य प्रशासन मन्त्रालयमा पनि दाबी गरिरहेको छ । माओवादीले अर्थसहित सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय पाउने पक्कापक्की भएपनि उसले पनि स्थानीय विकास, सामान्य, कानुन र शिक्षामा पनि आफ्नो दाबी गरिरहेको छ ।
यी सबै मन्त्रालयको भागबण्डाबारे कांग्रेसका विमलेन्द्र निधि र माओवादीका कृष्णबहादुर महराको गृहकार्यका आधारमा देउवा र दाहालले टुंगो लगाउने बताइएको छ । त्यस बाहेक मधेसी मोर्चा र अरु साना दलका तर्फबाट पनि सरकारमा सहभागी गराउन दुई दलले केही मन्त्रालय खाली राख्ने तयारी गरेका छन् ।

LIVE TV