२० श्रावण २०७३, बिहीबार

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन् ।

सात वर्षपछि दोस्रो पटक नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय प्रचण्डले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन् । यसअघि प्रधानमन्त्री हुँदा प्रचण्डले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार नसमाल्दै निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले प्रचण्डलाई भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LIVE TV