१९ श्रावण २०७३, बुधबार

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार गराउने तयारी गरिएको छ ।

3

राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्मा आज भएको निर्वाचनमा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । रासस

LIVE TV