१९ श्रावण २०७३, बुधबार

राष्ट्रिय चलचित्र नीति कार्यन्नयनको अनुगमन तथा मुल्याँकन समिति गठन भएको छ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालयले गत श्राबण १३ गतेको निर्णय अनुसार बिशिष्ठ चलचित्रकर्मी यादब खरेलको संयोजकत्वमा दुई बर्षको लागी नौ सदस्य समिती गठन भएको हो ।

Untitled
समितिले राष्टिय चलचित्र नीतिको कार्यन्यन पक्षलाई अनुगमन,सहजिकरण गर्नेभएकोछ । समितिको कार्यक्षेत्र राष्ट्रिय चलचित्र नीती २०७१ को स्वीकृत कार्ययोजनाको प्रभाबकारी कार्यन्यन भए नभएको अनुगमन गरी सो को कार्यन्वयनमा सहजिकरण गर्ने र सो को प्रतिबेदन सुचना तथा संचार मन्त्रालयमा पेश गर्ने छ ।
नीती कार्यन्वयन अनुगमन तथा मुल्याङ्कन समितीको सदस्यमा चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई,चलचित्रकर्मीहरु हरीहर शर्मा,युवाराज लामा, श्याम सापकोटा,चलचित्र पत्रकार शान्तिप्रिय लगाएत रहेका छन् ।
समितिको सदस्य सचिबमा सुचना तथा संचार मन्त्रालयका कानुन उपसचिब पुस्कर राज नेपाल रहेकाछन् । स्वदेशी चलचित्रको बिकाश र संरक्षण गर्दै चलचित्रको प्रर्बद्धन एबं चलचित्रकर्मीहरुको हकहितको संरक्षण गर्न यो समिती गठन गरीएको संचार मन्त्रालयले प्रदान गरेको पत्रमा उल्लेख गरीएको छ ।

LIVE TV