१९ श्रावण २०७३, बुधबार

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाली कांग्रेस र नेकपा माओवादीबीच मोर्चाका मागका सम्बन्धमा सहमति जुटेको छ । केही बेर अगाडी बसेको बैठकमा सहमति भएको हो ।सहमतिसंगै मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई सघाउने भएको हो । संसद भवन नयाँ वानेश्वरमा कांग्रेस–माओवादी र मधेसी मोर्चाका नेताहरुबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । यसअघि मंगलबार दिनभर भएको त्रिपक्षीय छलफलमा सहमतिको भाषामा नेताहरुबीच विवाद भएपछि मोर्चाले मतदान गर्ने या नगर्ने भन्नेमा अन्योलता छाएको थियो ।

LIVE TV