१८ श्रावण २०७३, मंगलवार

सात वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खोटाङका एक युवालाई प्रहरीले पक्राउ परेको छ ।

घरनजिकै खेल्दै गरेकी बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खिदिमा–१ का १८ वर्षीय बबिन राई पक्राउ परेका हुन् ।

पक्राउ परेका राईविरुद्ध जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका राईले बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् ।

बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

राईले गत साउन–१५ गते बेलुका बालिकालाई बलात्कार गरेको जनाइएको छ । बेलुकाको समयमा बालिका रुँदै घरमा गएपछि सोधपुछ गर्दा बलात्कृत भएको थाहा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।

बालिका बलात्कृत भएपछि साउन–१६ गते इलाका प्रहरी कार्यालय मात्तिममा उजुरी परेको थियो । उजुरी परेपछि खटिएका प्रहरी टोलीले राईलाई साउन १७ गते बेलुका घरैबाट पक्राउ गरिएको प्रनाउ माझीले जानकारी दिनुभयो । रासस

LIVE TV