१८ श्रावण २०७३, मंगलवार

सप्तरीको तिलाठी नजिकैको दशगजामा भारतीयहरूले तटबन्ध निर्माण गर्न खोजेको कार्यविरुद्ध त्यहाँका जनताले आफ्नो ज्यानै दाउमा राखेर गरेको सशक्त प्रतिवादको सर्वत्र प्रसंसा भएको छ । सप्तरीबासीको यो अदम्य साहस र राष्ट्रप्रेमको सम्मानले सामाजिक सञ्जालहरु मात्र भरिएका छैनन् विभिन्न कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्न थालिएको छ ।


सप्तरीका मधेसी जनता नेपालको जमिन वा सीमा अतिक्रमण गर्ने भारतीय रवैयाविरुद्ध संघर्षमा उत्रे । यो घट्ना एउटा स्थानीय स्तरको कारबाहीमा मात्र सिमित भएन । यसले राष्ट्रिय महत्व राख्यो र अन्तराष्ट्रिय ख्याती कमायो । देशको स्वभिमान बचाउन सप्तरीबासीले खेलेको भूमिकाको सर्वत्र प्रशंशा भएको छ ।
रास्ट्रिय स्वाभिमानका लागि युवा अभियानले सप्तरी तिलाठी घटनामा प्रतिरोध गर्ने क्रममा घाइते भएकालाई काठमाण्डौंमा सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै घाइते देबनारायण यादबले देशको स्वबिभान बचाउन आफुहरु ज्यानै दिन तयार रहेको बताउनु भयो ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता झलनाथ खनालले भारतले एकलौटी रुपमा बनाएका बिभिन्न बाँधले तराईका जनताले दुःख सहनु परेको दावी गर्नुभयो । उहाँले अहिले तिलाठी बोलेको छ भोलि झापादेखि कन्चनपुर सबै तिरका बासिन्दाले तिलाठी व्यवहारको अनुसरण गर्न सक्ने बताउनुभयो ।
त्यस अवसरमा तिलाठी घट्नाका अर्का घाइते दुर्गानन्द झालाई पनि सम्मान गरिको थियो । सप्तरीको तिलाठीले भारत र नेपाल सरकारलाई पाठ सिकाएको छ । जनता उत्रिए भने कुनै पनि गलत काम स्वीकार्य हुन सक्दैन भन्नका लागि यो गतिलो उदाहरण पनि हो ।

LIVE TV