१८ श्रावण २०७३, मंगलवार

सविता,पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नुपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्वीकार गनुभएको छ । काठमाण्डौंका आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले थुप्रै काम गर्न नसके पनि केही महत्वपूर्ण काम गरेको दावी गर्नुभयो ।

mantr
मन्त्री पोखरेलले अन्तराष्ट्रिय बौद्ध गोष्ठी गरेर नेपाल बुद्धको जन्मस्थल भएको सन्देश विश्वसामु फैलाउन सक्नु नै आफ्नो नौ महिने कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बतानुभयो । उहाँले नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दीर्घकालीन कृषि रणनीति तयार पार्न सहयोग पु¥याएको बताउनु भयो ।

mantrifvjkls

पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन नसक्ने मन्त्री पोखरेलको भनाई छ । उहाँले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरि १० वर्षे सोच सहित कार्यक्रम शुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरि पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको, संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरि पूर्बाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको दावी गर्नुभयो ।

LIVE TV