१८ श्रावण २०७३, मंगलवार

पहिलो पटक हुदै गरेको नेपाली म्युजिक भिडियो अवार्ड युएईको अबुधाबीमा हुने भएको छ । आयोजीत एक प्रेसमिटमा अवार्ड टोलीले सेप्टेम्बरको ९ तारीखमा गरीने जानकारी सर्बाजनीक गराएका हुन् । आयोजीत उक्त पत्रकार सम्मेलनमा अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा जानकारी गराईयो । संगीक्षा फिल्मस्को आयोजनामा हुदै गरेको म्युजिक भिडियो अवार्डलाई युएईको नमस्ते ट्राभल्स्ले सहकार्य गर्ने भएको छ ।

vlcsnap-2016-08-02-16h57m56s157
यूएइबाट पत्रकार सम्मेलनका लागि नमस्ते ट्राभल्सको तर्फबाट महेश गिरी र एकेन्द्र थापा नेपाल आएका थिए । उनिहरुले नमस्ते ट्राभल्सले युएईमा अवार्डको तयारी भईरहेको जानकारी गराए । साथै उनीहरु दुबैले यूएइ फर्किएपछि अवार्डको प्रचार प्रसार र अवार्डको तयारीमा लागी पर्ने बताए ।
vlcsnap-2016-08-02-16h59m40s611
संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले फिल्मपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताउँछन् । संगिक्षा फिल्मस्का अध्यक्ष केसीले आफुले पैसा कमाउनका लागी नभएर नाम कमाउनका लागी उक्त म्युजिक भिडियो अवार्ड गर्न लागेको बताए ।
vlcsnap-2016-08-02-16h58m28s909
संगिक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका केसीकानुसार यही अवार्डको अवसरमा फिल्म क्षेत्रका ४ जना हस्तीलाई पनि सम्मान गरीने भएको छ । गतबर्ष रीलीजीमा आएका ‘चर्चित फिल्म, चर्चीत निर्देशक, चर्चीत नायक र चर्चीत नायिका’लाई सम्मान गरिने भएकोछ । यस्तै,यसै कार्यक्रमका बीचमा यूएइमा बसेर नेपाली संगीतमा लागिपरेका संगीतकर्मीलाई पनि सम्मान गरिन भएको छ ।
अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको टोली यूएइ जानेभएका छन् । पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

LIVE TV