१८ श्रावण २०७३, मंगलवार

काठमाडौं, एक्शन नायक सबिन श्रेष्ठको फिल्म ‘हिरो रिटर्न्स’को औपचारीक घोषणा भएको छ । आयोजित एक पत्रकार सम्मेलनमा ‘हिरो रिटर्न्स’फिल्मस्का निर्माण पक्ष र पत्रकारहरुको बीचमा घोषणा भएको हो ।

vlcsnap-2016-08-02-16h22m17s700
सबिन श्रेष्ठको प्रस्तुती रहने ‘हिरो रिटर्न्स’ फिल्मलाई चन्द्र गौतमको निर्माणमा आशिष भेटवालले निर्देशन गर्ने भएका छन् । त्यस्तै फिल्ममा भिम न्यौपाने र सहदेव गौतम को पनि लगानी रहनेछ । फिल्मको छायाङकन भदौ बाट सुरुहुने निर्माण पक्षल जानकारीे गराएका छन् ।
फिल्मको छायाङकन भने काठमाण्डौ, विरगञ्ज, हेटौडा लगाएतका ठाउँहरुमा गरीने भएको छ । कमेडी एक्सन जन्र्मा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन रहनेछ ।

vlcsnap-2016-08-02-16h23m32s161
निर्माण हुन लागेको फिल्म हिरो रिटन्र्समा सबिन श्रेष्ठ,रेखा थापा,दिल श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको अभिनय रहने भएको छ । फिल्मकी लीड नायिका रेखा थापाले कार्यक्रममा बोल्दै सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन् ।
कार्यक्रममा उपस्थित चलचित्र निर्देशक उज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार
कार्यक्रममा बोल्दै उक्त फिल्मका निर्माता चन्द्र गौतमले ‘दमदार’पछि दोश्रो चलचित्र निर्माणमा उत्रिएको बताए । त्यस्तै नायक दिल श्रेष्ठ फिल्म ‘पर्खिराख है’ पछि हिरो रिटन्र्स फिल्ममा देखिदै छन् ।

LIVE TV