१८ श्रावण २०७३, मंगलवार

Akshaye-Khanna-Pictures-672x372
बलिउड,फिल्म ढिसुममा भिलेनको रोलमा अभिनय गरेर कम ब्याक गरेका अक्षय खन्नालाई फेरी खल पात्रकै रुपमा दर्शकले हेर्न पाउने भएका छन ।१९६९ मा रीलिज भएको फिल्म इत्तेफाकको रीमेक फिल्ममा अक्षय पुन नेगेटीभ रोलमा देखीन लागेका हुन ।करीब साढे चार दशक पुरानो फिल्म इत्तेफाकलाई त्यतिबेलाका चर्चित निर्माता निर्देशक बि आर चोपडाले निर्माण र निर्देशन गरेका थिए ।फिल्ममा त्यतिबेलाका सुपर स्टार राजेश खन्ना र नंदाले मुख्य भुमीकामा अभिनय गरेका थिए ।त्यतिबेलाका फिल्मका निर्देशक बि आर चोपडाका नाति अभय चोपडाले फिल्म निर्देशनको जिम्बेवारी सम्हाल्ने भएका छन ।फिल्मको प्रोडुसर करण जौहर र कोप्रोडुसर शाहरुख खान रहने भएका छन ।अक्षय संगै पर्दामा सोनाक्षी सीन्हा पनि हुने छिन ।फिल्म इत्तेफाक पनि ई.स १९६४ मा बेलायतमा निर्मीत फिल्म साइन पोष्ट टु मर्डरको कथामा आधारीत फिल्म हो ।एउटा सामान्य नागरीक लाई आफ्नै श्रीमतीको हत्याको आरोप लागे पछि आफुलाइ निदोर्स साबित गर्न गरेको प्रयासलाई कथा बस्तुको रुपमा फिल्ममा हेर्न पाइने छ ।

220px-Akshaye_Khanna_still2

LIVE TV