१८ श्रावण २०७३, मंगलवार

Bardi

फिल्म बर्दीको गित ,ट्रेलर र अडीयो सार्बजनिक गरीएको छ ।उपत्यका बाहीर बनेपामा आयोजित कार्यक्रममा फिल्मका कलाकारहरु र प्राबिधिक संगै अतिथिको रुपमा बोलाइएका निर्माता छबिराज ओझा,बितरक गोपाल कायस्त चलचित्र कर्मी मनोज के.सी बिषेश अतिथिको रुपमा निम्ताइएका  डा.प्रदिप पराजुली लगायतले फिल्मको गित,प्रोमो र ट्रेलर सार्बजनिक गरेका हुन ।फिल्मका प्रस्तुत कर्ता कुमार आचार्यले आफ्नो जन्म दिनको समेत अबसर पारेर फिल्मको प्रचार सामाग्रिलाई सार्बजनिक गरेका हुन ।कुमार आचार्य रंग पत्रकार समेत हुन ।कार्यक्रममा फिल्मको ट्रेलर र दुइ गित पत्रकार र अतिथिहरुको लागि प्रदर्शन गरीएको थियो । कुशल थापा,अनु शाह,बिरेन डीसी ,रुपा खनाल,भानु प्रताप लगायत कलाकारको अभिनय फिल्ममा रहेको छ ।फिल्म लाई गिता आचार्य प्रबेश आचार्य र करुणा आचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन ।फिल्मको गितलाई बिकास चौधरीले संगित दिएका छन ।फिल्मलाई बिजय बिक्रम बस्नेतले निर्देशन गरेका हुन ।रीलिज डेट फाइनल हुन बाँकी रहेको फिल्मलाई श्रिराम बालाजि फिल्मस र एफ डी कम्पनीले बितरण गर्दै छन ।

LIVE TV