१८ श्रावण २०७३, मंगलवार

१. नयाँ प्रधानमन्त्री चयनको निर्वाचनका लागि आज विहान एघार बजेदेखि उम्मेद्वारी दर्ताको समय, आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने ।

२. संविधान विरोधीहरु सरकारमा जान लागेकोले संविधान कार्यान्वयनको चुनौति बढेको प्रधानमन्त्री ओलीको कथन, मुलुकमा संवैधानिक र राजनीतिक शुन्यता सिर्जना हुने जिकिर ।

 

३ गत बर्षको महाविनाशकारी भूकम्पले ढलेको ऐतिहासिक धरहराको पुनर्निर्माण प्रारम्भ, तीन अर्व लागतमा निर्माण हुने धरहरा पुरानै स्वरुपमा निर्माण गरिने ।

४ बाढी पहिरोबाट क्षत विक्षत बागलुङको पश्चिम क्षेत्रका पीडितहरुको दैनिकी अस्तव्यस्त, जुटेको राहत सामग्री राख्ने ठाउँ समेत पाएनन् ।

५. र, भारतको ओडिशामा चट्याङ लागेर पछिल्लो दुई दिनमा ५२ जनाको मृत्यु, ज्यान जानेमा अधिकांश खेतमा काम गरिरहेका मानिस रहेको पुष्टि ।

LIVE TV