१८ श्रावण २०७३, मंगलवार

फिर्ता देउ तिमी संग विताएका पलहरु

फिर्ता देउ तिमी संग विताएका पलहरु

कति गर्छौ रित्तिएको जीवन संग छलहरु ।।

खुसी लुटि आँशुदिई एक्लै छोडी गएपछी

भैगो अब नदेखाउ निर्धा संग बलहरु ।।

भन्छन् सबले ईश्वरले पाप धर्म देख्या हुन्छ

तिमीले नि भोग्नै पर्ला अन्यायका फलहरु ।।

मेरो मायाँ लत्याएर धनमा रम्दै हिड्ने तिमी

अन्धकारमा एक्लै पर्दा सम्झिलाग्ला गलहरु ।।

सुमित श्रेष्ठ  अनामनगर , काठमाडौं, नेपाल

LIVE TV