१७ श्रावण २०७३, सोमबार

मधुमेहले ५ वटा दीर्घकालीन प्राणघातक परिणाम जन्माउन सक्दछ । ती हुन् हृदयाघात (हर्ट अट्याक), मस्तिष्कघात (स्ट्रोक), प्यारालाइसिस, मिर्गौलाघात (किड्नी फेल), दृष्टिघात (अन्धोपन) र अङ्गघात (खुट्टा कुहिने) ।

उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अङ्गहरुलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गम्भीरता बुझ्नु आवश्यक छ । मुख बारेर, व्यायाम गरेर, औषधि खाएर पनि मधुमेह नियन्त्रणमा आएन भने इन्सुलिन सूई लगाउनु पर्छ । इन्सुलिन सूईले अङ्ग बिग्रिने क्रम रोक्छ र रगतमा चिनीको मात्रा राम्ररी नियन्त्रण गर्छ । त्यसैले इन्सुलिन लगाउन डराउनु पर्दैन । कतिपय बिरामीहरु इन्सुलिन लगाउन डराउने गरे पनि इन्सुलिन लगाउन डराउनु पर्दैन । रगतमा ग्लुकोजको मात्रा बढ्ने तर लक्षण नदेखिएमा बिरामीले औषधि उपचारतर्फ ध्यान दिँदैन । उपचार नगराएको खण्डमा अलि–अलि बढेको ग्लुकोजले पनि आँखामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्ट अट्याक वा हर्ट फेलिएर गराउन सक्छ । मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन पनि सक्छ ।

यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभित्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चाँडो शुरु गर्नुपर्छ । त्यसैले मुधमेहका बिरामीले प्रत्येक ६–६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनुपर्छ ।

LIVE TV