१७ श्रावण २०७३, सोमबार

नेकपा एमालेले स्थानीय तहको चुनाव आगामी मंसिरभित्रै हुनुपर्ने पार्टीको धारणा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय, स्थायी कमिटी र स्थानीय निकायका विज्ञसहितको संयुक्त बैठकले मंसिरभित्रै चुनाव हुनुपर्ने धारणा तय गरेको हो ।

UML-meeting
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय, स्थायी कमिटी र स्थानीय निकायका विज्ञसहितको संयुक्त बैठकले आगामी वर्षको माघभित्र सबै तहको चुनाव गरिसक्न मंसिरमा स्थानीय चुनाव हुनुपर्ने अडान लिने निर्णय गरेको हो । यसका लागि स्थानीय पालिका निर्धारणलगायत प्राविधिक काम भदौभित्रै सक्नुपर्ने निष्कर्ष समेत निकालेको छ । यस्तै एमालेले स्थानीय पालिका निर्धारणको आधार समेत तय गरेको छ । स्थानीय पालिका निर्धारण गर्दा राष्ट्रिय एकता र सामाजिक सद्भाव विथोलिन नहुने एमालेको निष्कर्ष छ । यसपछि जनसंख्या, भौगोलिक सुगमता, आर्थिक संभाव्यता र क्षमता, पहिचान र ऐतिहासिक आधारमा स्थानीय पालिका निर्धारण गर्नुपर्ने एमालेले जनाएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगका संयोजक बालानन्द पौडेललाई बैठकमा बोलाइएको थियो । पौडेलले अहिलेसम्म आयोगले गरेको कामबारे जानकारी गराउँनुभएको थियो ।
एमालेले अहिले कायम रहेको इलाकालाई नै स्थानीय पालिका बनाउँदा उपयुक्त र सहज हुने तर्क पेश गर्दै आएको छ ।

LIVE TV