१६ श्रावण २०७३, आईतवार

उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन पार्टी एक ठाउँमा उभिए अझै पनि सहमतीय सरकार बन्ने सम्भावना रहेको बताउनुभएको छ ।

1469968405014_RS_KTM_160731_IMG_7389

फोरम लोकतान्त्रिकको यहाँ आयोजित ७ आँै वार्षिकोत्सव कार्यक्रममा उहाँले सहमतीय सरकारका लागि अहिले पनि समय रहेको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० मिले अझै पनि सहमतिको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले सहमतिको सरकार बन्न नसके पनि राष्ट्रिय एकताका विषयमा भने सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । “सहमतिको सरकार बन्दैन भने पनि हामी संविधान कार्यान्वयन, मधेसीको मुद्दा सम्बोधन गर्नका लागि राष्ट्रिय एकता गरेर अगाडि बढ्न सक्छौँ”– उहाँले भन्नुभयो, “प्रमुख तीन दलबीच राष्ट्रिय एकतामा सहमति नभएर देश अगाडि बढ्न सक्दैन ।”

उहाँले देशलाई समृद्धितर्फ दोहो¥याउनका लागि पनि राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउँदै राष्ट्रियताका मुद्दामा प्रमुख दल एक हुनुपर्ने बताउनुभयो । उहाँले नयाँ बन्ने सरकारले पनि संविधान कार्यान्वयनमा चुनौती आउने बताउँदै भन्नुभयो, “एमालेबिना संविधान कार्यान्वयन गर्न समस्या पर्ने भएकाले एमालेलाई पनि सँगसँगै लैजानु पर्दछ ।” स्थानीय, प्रदेश र संसद्को निर्वाचन कुनै पार्टी र सरकारको एजेन्डा नभएको बताउँदै सबै दलको भएको धारणा उहाँले राख्नुभयो ।

उहाँले अहिलेको राजनीतिक मुद्दा सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । सरकार र संसद् आफ्नो सधैँ ‘प्लेटफर्म’ भएको बताउँदै गच्छदारले केही मधेसवादी दलले आफ्नो पार्टीलाई सरकारमा जानबाट रोक्न खोजेको आरोप पनि लगाउनुभयो । रासस ९श्रव्य सामग्री र तस्बिर उपलब्ध छ०

LIVE TV