१६ श्रावण २०७३, आईतवार

औषधि, जसलाई बिभिन्न रोगको निदानका लागि प्रयोग गरिन्छ । तर एउटा यस्तो गिरोह फेला परेको छ जसले औषधि बनाउने कम्पनीको नाममा लागु औषध बनाउन प्रयोग हुने केमिकलको कारोवार गरिरहेको पाइएको छ ।


यूरोपबाट नेपाल पैठारी गरि अफगानिस्तान, चीन, भारत लगायतका गैह्र कानुनी बजारमा बार्षिक करोडौँ रुपैँया बराबरको अवैध केमिकल निकासा गर्ने गिरोहका मुख्य नाईके पत्ता लागेको छ । औषध अनुसन्धान नियन्त्रण ब्यूरोको गिरोहका नाईकेलाई समात्न नसकेपनि मुख्य सहयोगी र भरियालाई पक्राउ गरेको छ । चर्चित व्यापारिक घरानाका पवन संघाईलाई समात्न नसकेको व्यूरोले पक्राउ परेका रतनलाई समेत सञ्चारमाध्यममा सार्वजनिक गरेन । लागुऔषधको अबैध कारोबारमा संलग्न रहेको आरोपमा ठूलो गिरोहलाई सार्बजनिक गर्ने भन्दै प्रहरीको लागुऔषध अनुसन्धान ब्यूरोले आईतबार पत्रकार सम्मेलन ग¥यो । तर सम्मेलनमा मुख्य अभियुक्त पवन र रतन संघाईका कर्मचारी दिलिप पण्डितलाई मात्र सार्बजनिक गरियो । यो अबैध कारोबारमा मुख्य नाईके हुन् , ईन्द्रचोकका चर्चित ब्यापारी पवन संघाई । उनलाई पक्राउ गर्न नसकेको प्रहरीले उनका सहयोगी रतनलाल संघाईलाई पक्राउ ग¥यो तर सार्वजनिक गर्ने आँट गरेन । व्यूरोका अनुसार पवनले लागु औषधजन्य पदार्थको भण्डारण र कारोबार गर्दै आएका थिए । पक्राउ पर्ने बिरगंज आदर्श नगरका मोहित हलन, काठमाण्डौ सिनामंगल बस्ने बद्रि वन र झापाका श्याम मोक्तान तामाङ संघाईका कर्मचारी हुन् ।
यी औषधिका बोतलहरु । औषधिजन्य कच्चा पदार्थ सिउडोइफेड्रिन नामक रसायन हुन् । नेपालमा बिक्रीको लागि भित्रयाइएको औषधिजन्य कच्चा पदार्थलाई लागू औषध बनाउनको लागि चीन तस्करी गर्ने गरेका थिए । औषधि बनाउन भनेर भित्र्यााएको रसायन अन्तर्रा्ष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोले उनलाई शनिबार पक्राउ गरेको हो ।
अभियुक्तहरु रतन र पवन कुमार संघाई बारास्थित आर्य फर्माल्याब प्रा.लिका सञ्चालक पनि हुन् । त्यहि औषधि कम्पनीबाट यी गिरोहले सिउडोइफेड्रिन नामक सहायक रसायन (प्रिक्रसर) को अवैध कारोबार गरेका थिए । अभियुक्तहरुले यसलाई औषधिको रुपमा नभई लागुऔषध एमफेटामाइन (आइस ड्रग) बनाउनको लागि प्रयोग गरिएका थिए ।
व्यूरो रतनको कम्पनीबाट करिब १ अर्ब ३२ करोड बराबरको चार सय ९२ किलो सहायक रसायन बरामद गरेको छ । रुघाखोकीको औषधि बनाउन भनेर आयात गरी लागुऔषध कारोबारीलाई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । एमफेटामाइन (आइस ड्रग) बनाउने समूहलाई संघाई समूहले लामो समयदेखि बिक्री गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
व्यूरोले राजनीतिक दबाव र व्यापारिक घरानाको प्रभावमा परेर मुख्य अभियुक्त पवन र रतनको मुद्धा फितलो बनाई सहयोगीहरुलाई फसाउने प्रपञ्च भएको भन्दै प्रहरीको आलोचना भएको छ ।

LIVE TV