१५ श्रावण २०७३, शनिबार

अमेरिकाको त्तरमा अवस्थित सिटल सहरको एक घरमा शनिबार बिहानै भएको बन्दुक आक्रमणमा तीनजनाको मृत्यु भएको छ भने बाँकी एकजना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मुकिल्टियो सहरको नगर कार्यालयले शनिबारै बिहान ट्विट गर्दै बन्दुक आक्रमणबाट तीनजनाको मृत्यु भएको र एक घाइते भएको खबरलाई सार्वजनिक गरेको छ । घाइते व्यक्तिलाई हार्वरभ्यू स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ ।

करिब १५–२० जना स्थानीय सेनाल्टमा भएको एक जमघटमा सहभागी भएका बेला अकस्मात आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको बताउँदै तत्कालै विस्तृत जानकारी दिन मानेको छैन ।

स्थानीय चर्चमा स्थापना गरिएको पुनर्मिलन केन्द्रमा आयोजित कार्यक्रममा स्थानीय अभिभावक तथा उनीहरुका आफन्तहरु भेला भएका बेला घटना भएको उक्त नगर कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन् । रासस÷एपी

LIVE TV