१५ श्रावण २०७३, शनिबार

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यहाँ आन्दोलनरत वामपन्थी विद्रोहीसँग गरेको एकपक्षीय युद्धविरामको भङ्ग भएको घोषणा गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा रहन शनिबार निर्देशन दिनुभएको छ ।

index

शनिबार साँझ एक वक्तब्य जारी गरी राष्ट्रपति डुटेर्तेले म यतिवेला मुलुकमा आन्दोलनरत कम्युनिष्ट विद्रोहीप्रति लक्षित गरी सरकारी पक्षबाट यही जुलाई २५ मा घोषणा गरेको एकपक्षीय युद्धविरामको आदेश हटाइएको जानकारी गराउँछु ।

राष्ट्रपतिले विद्रोहीे कम्यूनिष्ट पार्टी अफ फिलिपिन्स पिपुल्स आर्मी नेशनल डेमोक्रेटिक फ्रन्ट ९सिपिपि–एनपिए–एनडिएफ० लाई युद्धविराम गरी वार्तामा आउन दिएको समयसिमा शनिबार ५ः०० बजे सकिएको र शनिबारसम्म पनि बिद्रोहीद्वारा वार्ताका लागी पहल अघि नबढाएपछि युद्धविरामको अन्त्य भएको घोषणा गर्नुभएको हो ।

विद्रोहीले राष्ट्रपतिले वामपन्थी विद्रोहीसँग गरेको एकपक्षीय युद्धविराम घोषणा भएको दुई दिनपछि विद्रोहीले वार्ता पहल गर्नुको सट्टा उल्टै फिलिपिन्सको दक्षिणी प्रान्त देवाओ डेल नर्टीमा सरकारको एक अर्धसैनिक समूहलाई आक्रमण गरेका र आक्रमणमा चार सुरक्षाकमी घाइते भएका थिए । घटनामा एक जना विद्रोहीको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

LIVE TV