१५ श्रावण २०७३, शनिबार

शुक्रवार सप्तरीको तिलाठीमा आफ्नो ज्यानकै जोखिम मोलेर भारतीयहरुको सामाना गरेका देवनारायण यादवको यतिखेर काठमाडौंमा छन् । उनलाई नायककोरुपमा काठमाडौंमा स्वागत गरिन थालेको छ । हुन पनि तिलाठी घटनालाई लिएर फेरि एकपटक मुलुक गाँसिएको चर्चा समेत गरिन थालेको छ । फेसबुक लगायतका सामाजिक सञ्जालमा नायककोरुपमा चित्रित गरिएका देवनारायणको चर्चा सर्वत्र छ । उनको स्वास्थ्य लाभको कामना गर्नेहरुको पनि कमी छैन यहाँ । तर देवनारायणा भन्छन् –मैले मेरो माटोको माया मात्र गरेको हुँ ।

Dev narayan photo
यी हुन देवनारायण यादव । अहिले उनको  काठमाण्डौको मनमोहन मेडिकल कलेज स्वयमभुमा उपचार भइरहेको छ । शुक्रवार सप्तरी जिल्लामा भारतले खाँडो नदीमा एकतर्फी रुपले बाँध बाधेर नेपाल तर्फको भूभाग डुबानमा पार्ने कोशिस गरेको थियो । भारतीय पक्षले त्यसो गर्ने प्रयास गरेपछि नेपालीहरुले त्यसको कडा रुपमा प्रतिकार गरेका थिए । प्रतिकार गरी भारतीय पक्षलाई त्यहाँ वाँध वनाउन वाट रोक्ने कामको देवनारायण यावले  नेतृत्वदायी भुमिका खेलेका थिए । काठमाण्डौमा उपचार गराइरहेका यावको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा सात वटा टाँका लगाइएका छन भने शरीरका अन्य भागमा समेत उनलाई चोट लागेको छ । भारतले एकतर्फी वाँध वाध्न खोजेपछि आफुहरुले त्यसको विरोध गरेको वताउँदै यादवले भारतीयहरुसँग प्रतिकार गर्दा आफुले मधेसी भन्ने विर्षिएर सच्चा नेपाली मनले भारतीयको सामना गरेको वताउँछन ।
सप्तरी तिलाठीको घटनाले मधेसमा वस्ने जनतालाई पनि देशप्रतिको माया स्वाभिमान रहेको पुष्टि गरेको सप्तरीकी सांसद रञ्जु झाले वताउनुभयो । तिलाठी घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारमार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने सांसद झाले वताउनुभयो ।
शनिवार भारतले सप्तरीको तिलाठीमा नेपाली भूभाग डुवानमा  पर्ने गरी वाँध वाध्न खोजेको प्रति जताततै विरोध प्रदर्शन भएका छन । भारतीय राजदुतावास लैनचोरमा युवाहरुको एक समूहले भारतीय हैकमवादको विरोध गरेका थिए ।
यसरी भारतीयहरुले नेपालीप्रति गर्ने यो व्यवहार भने नौलो होइन । यस्ता व्यवहार भारतले वेलावेलामा गरिरहेका हुन्छन । अव भारतीय पक्षले गर्ने यस्तो व्यवहारविरुद्ध सप्तरी तिलाठीका जनता र देवनारायण यादव जस्तै सचेत हुनुपर्छ  ।

LIVE TV