१५ श्रावण २०७३, शनिबार

बाजुराको सदरमुकाम मार्तडी बजारवाट तिन घण्टा पर रहेको नुवाकोटा गाउँमा ध्रुब लम्सालको क्यामेरा ले कैद गरको यी वालकको तस्बिर हेर्दा जो कोहीलाई पनि भाबुक नबनाउने कुरै छैन।

चरम गरिबीको पिडामा रहेका यी बालकको सामान्य स्वास्थ्य र सरसफाईको ज्ञान नहुनु या पालना गर्न नसक्नु बिडम्बना र बाध्यता त छदैछ अर्कोतिर झिंगाले दिनभरी यसैगरि डसेर स्वास्थ्यमा पर्ने प्रतिकुल असर कस्तो होला ? हलिया परिवारमा जन्मेका यी बालकका बुबा कामका लागि भारतको कालापहाड गएका छन् भने आमा दिनभरि अरुकै काम गरेर बिताउछिन् । ध्रुब लम्सालले १४ महिनाअघि खिचेको यो तस्विर पनि फोटो प्रतियोगितामा सहभागी थियो तर पनि यो फोटोले जुरीको आँखा र मनलाई छुन सकेन।

13680791_994168080697836_6388759358078903765_n

      फोटो : धुर्ब लम्साल 

LIVE TV