१५ श्रावण २०७३, शनिबार

पूर्व उपराष्ट्रपति परमानन्द झाले सबै राजनीतिक दलहरुबीचको एकताले मात्र संविधान कार्यान्वयन सम्भव रहेको बताउँनुभएको छ । पूर्व उपराष्ट्रपति झाले संविधान कार्यान्वयन नहुँदा मुलुकमा विद्यमान समस्याहरुको समाधान गर्न नसकिने भएकोले दलहरुबीच सहमतीको आवश्यकता रहेको जिकिर गर्नुभयो ।


नागरिक एकता समाजले शनिवार आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले नया सरकार गठनको प्रक्रियाका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिए पनि दलहरुबीच अझै सहमति जुट्न नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले सबै मिलेर गएमात्र देशले निकास पाउने र संविधान कार्यान्वयन हुने उल्लेख गर्नुभयो । बाइट
कार्यक्रममा पुर्वउपराष्ट्रपति झाले सहमतिको सरकारमा दलहरु एक नभए मुलुक जटिल मोडमा फस्न सक्ने भन्दै सबै नागरिकहरु यस विषयमा गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।

LIVE TV