१५ श्रावण २०७३, शनिबार

भोजपुरको दक्षिणी दुम्माना गाविस भएर चल्ने रानीटार–चखेवा सडक वर्षात्का कारण अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।
index
वर्षात्ले सडक भत्किएपछि उदयपुरको फत्तेपुर, बेलटार हुँदै आउने ढुवानीका साधन रानीटारमै दुई सातादेखि अलपत्र परेको स्थानीयवासी प्रेमसिंह राईले बताउनुभयो ।

ढुवानीका साधन बाटैमा अलपत्र परेपछि दैनिक उपभोग्य सामग्रीको अभाव सिर्जना हुन थालेको छ ।

ढुवानीका साधन नचल्दा गाविसका सबैजसो वडामा उपभोग्य सामग्रीको अभाव चुलिँदै गएको व्यापारीको भनाइ छ । सो सडक अवरुद्ध हुँदा दुम्मानासहित पाञ्चा, बालाङ्खा, पावला, देवानटारका सर्वसाधारण मारमा परेका छन् । रासस

LIVE TV