१५ श्रावण २०७३, शनिबार

उपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकको विकासको लागि शिक्षित व्यक्तिहरुको खाँचो रहेको बताउनुभएको छ । उपराष्ट्रपति पुनले मुलुकको विकास र समृद्धिका लागि शिक्षित व्यक्तिहरुलाई स्वदेशमा बस्ने वातावरण बनाउँन आवश्यक रहेको बताउँनुभयो ।


प्रेसिडेन्सियल स्कुलले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले ज्ञान प्राप्तिपछि विद्यार्थीहरु विदेशीने सोचको अन्त्य गर्नुपर्ने बताउँनुभयो । उहाँले रिस, ईस्र्याका भावना त्यागेर प्रतिस्पर्धीको रुपमा सिकेको कुरालाई व्यवहारमा  प्रयोग गर्दै अघि बढेमा आफनो भविष्यका साथसाथै मुलुकले पनि काँचुली फेर्ने बताउनुभयो ।
कार्यक्रममा पुनले ज्ञान पाएकोमा घमण्ड गर्ने भन्दा पनि ज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने तर्फ सबैको ध्यान केन्दि«त हुनुपर्नेमा जोड दिनुभयो ।

LIVE TV