१५ श्रावण २०७३, शनिबार

अफगानिस्तानको हेलमान्ड प्रांन्तको एक जिल्ला तालिवानको कब्जामा गएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् ।

हेलमान्ड प्रान्तको कनासिन जिल्लामा सुरक्षा अधिकारीहरु र तालिवान बीच भएको भीषण झडपपछि उनीहरुका कब्जामा गएको बताइएको छ । प्रान्तीय परिषदका उप निर्देशक अब्दुल मजिद आखोजादाले सो जानकारी दिएका छन् ।

सो जिल्लाको कब्जाको क्रममा २० प्रहरी अधिकारीहरु हताहत भएका बताइएको छ । तालिवानको कब्जा गएको सो जिल्ला पाकिस्तानको सीमा क्षेत्रमा पर्ने जनाइएको छ ।

हेलमान्ड प्रान्तको ६० प्रतिशत भू–भाग तालिवान आतङ्ककारी समूहको कब्जामा रहेको आखोजादाले थप जानकारी दिएका छन् । मार्जाह, सङ्गीन गारम्सेर, दिसु जिल्लाहरु यस अघि नै तालिवानको कब्जामा रहेको छ ।

अफगानिस्तानको ४०७ वटा जिल्लामा २६८ सरकारको नियन्त्रण तथा प्रभावमा रहेको छ । तर ३६ वटा अर्थात ८।८ प्रतिशत भने आतङ्ककारीको नियन्त्रण र प्रभाव रहेको छ ।

बाँकी १०४ वटा अर्थात २५।६ प्रतिशत जिल्ला भने आतङ्ककारीले कब्जा गर्न सक्ने खतरा रहेको बताइएको छ । रासस÷एपी

LIVE TV