१५ श्रावण २०७३, शनिबार

सरकारले बाढी पहिरो प्रभावित जिल्लाका डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले प्रभावित ठाउँमा आकस्मिक उपचार सेवा, घुम्ती शिविर संचालन, जनचेतनामुलक कार्यक्रम संचालन गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।


स्वास्थ्य मन्त्रालयले सूचना निकालेर बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिने जोखिम धेरै भएको भन्दै तत्काल बिदामा नबस्न निर्देशन दिएको हो । प्रभावित ठाउँमा शुद्ध खानेपानी र स्वस्थ खानेकुरा जुटाउन निकै कठिनाई हुने भएकाले झाडापखाला, ज्वरो, रुघाखोकीसँगै अरु सरुवा रोगको जोखिम धेरै हुने चिकित्सकहरुले बताएका छन् । विपदमा एकै ठाउँमा धेरै मानिस बस्नुपर्ने बाध्यता हुँदा सरुवा रोग लाग्ने खतरा धेरै हुने भन्दै आफू बस्ने ठाउँ वरपर सरसफाई गर्न, लामखुट्टेको टोकाइबाट बच्न, सकेसम्म मुख छोपेर बस्न र सम्भव भए उमालेको पानी पिउन, नसके शुद्धीकरण गरेको पानी मात्रै पिउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

LIVE TV