१५ श्रावण २०७३, शनिबार

नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । नेपाली माथि भएको आक्रमणको विरोध गर्दै अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराउन नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

index
भारतले वर्षौँदेखि प्रचलित अन्तर्रािष्ट्रय कानूनका सिद्धान्त, प्रावधान र व्यवहारविपरीत दशगजा क्षेत्रमा एकतर्फी रुपमा जबर्जस्ती निर्माण गर्दैआइरहेका तटबन्ध, बाँध, सडक तथा कुनै पनि बहाना र प्रयोजनका संरचनाहरु गैरकानूनी, अनुचित र अपराधजन्य भएको भन्दै राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीयले भारतले एकतर्फीरुपमा निर्माण गरेको बाधँ भत्काएर प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले नेपाली भूमिमा आँखा नलगाउन भारतलाई चेतावनी दिएका छन् ।
करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरिएको जीर्ण बाँधलाई बाढीले भत्काएपछि सो बाँधलाई पुनः भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । सो झडपमा परी भारतीय र स्थानीय नेपाली युवा गरी एक दर्जन व्यक्ति घाइते भएका थिए  ।

LIVE TV