१५ श्रावण २०७३, शनिबार

सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाले आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न बिरुवा तथा ताजा फलफूल र तरकारीका बेर्ना तरकारीको बीउ बिक्रीबाट जम्मा १५ लाख ७१ हजार ३४३ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

आम्दानी अन्तर्गत फलफूलका बिरुवा बिक्रीबाट ६ लाख ४९ हजार ९२० रुपैयाँ ताजा फलफूल बिक्रीबाट दुई लाख ९ हजार ९५२ रुपैयाँ, तरकारीको बीउ बिक्रीबाट दुई लाख ९७ हजार ७१४ र तरकारीका बेर्ना बिक्रीबाट एक लाख ९८ हजार ५२९ रुपैयाँ सङ्कलन गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७१÷०७२ मा १८ लाख ७२ हजार ५२ रुपैयाँ आम्दानी सङ्कलन गरेकोमा यसवर्ष लामो खडेरी परेका कारण फलफूल तरकारीका बीउ र ताजा तरकारीको उत्पादन घट्न गएकाले गतवर्ष भन्दा यो वर्षमा तीन लाख ७ ९० रुपैयाँले आम्दानीमा कमी आएको सुन्तला जात फलफूल विकास केन्द्रका सूचना अधिकारी रावेन्द्रप्रताप यादवले जानकारी दिनुभयो ।

त्यसैगरी सिमी, मुला, काउली, प्याज, रायो सागलगायतका ६९४ किलो तरकारीका बीउ, विभिन्न जातका गरी २२ हजार ७० वटा फलफूलका बिरुवा र तीन लाख ३६ हजारवटा विभिन्न जातका तरकारीका बेर्ना बिक्री गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा पाल्पा, स्याङजा, गुल्मी र अर्घाखाँचीमा गरी चारपटक सञ्चालन गरेको किसान तालिमबाट १३६ जना किसान लाभान्वित भएका छन् । रासस

LIVE TV