१५ श्रावण २०७३, शनिबार

अभिनेता सञ्जय दत्तले महेश मान्जरेकरको आगामी फिल्ममा लीड कलाकारको भुमिका निभाउने भएका छन् । जुन फिल्म २००८ को सुपरहिट मराठी फिल्म दे धक्काको रीमेक रहनेछ । मान्जरेकर र सञ्जय दत्तले यो भन्दा पहिले वास्तब,कुरुक्षेत्र,हथियार,रक्त जस्ता फिल्महरुमा एकै साथ काम गरीसकेका छन् ।


मान्जरेकर भन्छन्, लामो समय पछि सञ्जु सँग हुँदा मलाई लाग्यो सञ्जु निकै परिपक्क र फिट छन् । मैले उनको साथमा केहि अलग खालको फिल्म बनाउने सोचिरहेको थिए । जुन्, दर्शकहरुलाई उक्त फिल्मले आश्चर्य चकित बनाओस् ।
यस फिल्ममा एक परिवारको भावनात्मक सफर सँगै कमेडीको समिश्रण रहनेछ । उक्त फिल्मलाई सरबजीत फिल्मका निर्माता ओमंग कुमार र संदीप सिंह रहेका छन् । फिल्मका निर्माताहरु ओमंग र सन्दिप पनि उक्त फिल्मलाई लिएर निकैनै उत्साहीत र गौराबान्वित रहेका छन् । उनिहरुलाई दे धक्का को रीमेक फिल्मलाई पनि दर्शकहरुले मन पराईदिनेमा पनि ढुक्क छन्, जुन् मराठी फिल्मलाई दर्शकहरुले मन पराएका थिए ।

LIVE TV