१५ श्रावण २०७३, शनिबार

महिनावारी हुँदा  पेट दुख्न सक्छ भने महिलालाई सरसफाइमा अतिरिक्त ध्यान दिनुपर्ने बाध्यता हुन्छ । यस्तो बेलामा ध्यान नदिँदा दीर्घकालीन समस्या उत्पन्न हुन सक्छ । त्यसैले सबैले यस्तो बेलामा बेलैमा सचेत हुनुपर्छ ।

महिनावारी भएको बेला यी काम गर्नुपर्छः

खुकुलो लुगा लगाउने

टाइट र फिटिङ पहिरन महिनावारी भएको बेला लगाउनु हुँदेन । महिनावारी भएको बखत शरीर त्यसै असहज भएको हुन्छ । टाइट र फिटिङ पहिरनले यसलाई थप असहज बनाउँछ । चहकिलो रङको कपडा लगायो भने मन प्रसन्न हुने र सकारात्मक सोच आउने भएकाले यस्तै कपडा लगाउनु राम्रो हुन्छ ।

meansuration

स्वास्थ्यकर खानामा जोड

महिनावारी भएको बेला महिलाले हरियो सागपात, मौसमी फलफूल, पानी र अन्य झोल पदार्थ अन्य अवस्थामा भन्दा बढी खानुपर्छ । यसमा एक ग्लास तातो दूध थपियो भने अझ राम्रो हुन्छ । महिनावारी भएको बेला चिल्लोचाप्लो र मसलादार खाना नखानु नै राम्रो हुन्छ ।

व्यायाम र निन्द्रा आबस्यक

नियमित व्यायाम गर्ने बानी भएका महिलाले पनि महिनावारी भएको समयमा व्यायाम नगर्ने गरेका छन् । तर, महिनावारी भएको बेलामा व्यायाम अझ बढी आवश्यक हुन्छ । महिनावारी हुँदा पेट सुनिनेलगायत समस्यालाई कसरत र आठ घण्टाको गहिरो निद्राले घटाउने गर्छ ।

सरसफाइमा ध्यान

महिनावारी भएको बेला सरसफाइमा बढी ध्यान दिनुपर्छ । त्यस्सोत हरेक चाररपाँच घण्टामा स्यानिटरी प्याड बदल्ने गर्नुपर्छ । प्याड बदल्नुअघि र बदलिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ । दिनमा दुई÷तीन पटक पेन्टी फेर्नु राम्रो हुन्छ ।

LIVE TV