१४ श्रावण २०७३, शुक्रबार

दक्षिण सुडानमा द्वन्द्वपीडितलाई राहतसम्बन्धी सहयोग पु¥याउँदै आएका विभिन्न १० सङ्घसंस्थाले संयुक्त राष्ट्रसङ्घको पहलमा सुडानमा भइरहेको शान्ति अभियानका गतविधिमा तत्कालै थप सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

dgfe

दक्षिण सुडानमा राहतका लागि सक्रिय संस्था अक्फाम, केयर, अन्तर्राष्ट्रिय उद्धार समितिलगायतका १० वटा सङ्घसंस्थाले राजधानी जुवामा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएका शान्तिसेना सरकारी बलले राष्ट्रसङ्घको सुरक्षा क्षेत्रमा समेत प्रवेश गरी दर्जनौँ महिलामाथि बलात्कार तथा अन्य आक्रमण गर्दा आवश्यक प्रतिक्रिया जनाउन नसकेको बताउँदै राष्ट्रसङ्घको मिसनमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएको राष्ट्रसङ्घको टोलीले आफूलाई सुधारेर अघि बढ्न आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनको खतरामा रहेका सुडानी नागरिकलाई सुरक्षा दिन नसक्नु र मानवीय सहयोगमा जुटेका सङ्घसंस्थालाई सहयोग दिन नसक्नु कमजोरी भएको बताउनु हुँदै सुडानका लागि केयरका निर्देशक फ्रेडरिक म्याकक्रेले राष्ट्रसङ्घलाई यसमा तत्कालै ध्यान दिन आग्रह गर्नुभयो ।

दक्षिण सुडानमा तैनाथ करिब १२ हजार सैनिकलाई दक्षिण सुडानका निर्दोष नागरिकको सुरक्षा प्रबन्धका लागि हदैसम्मको बल प्रयोग गर्न पाउने अख्तियार राष्ट्रसंघले दिएको छ ।

मिसनलाई मानवीय सहयोग वितरण गर्ने व्यवस्था मिलाउन पनि अख्तियार दिइएको छ ।

दक्षिण सुडानको जनसङ्ख्याको झन्डै आधा जनसङ्ख्या अर्थात् ४८ लाख मानिस कडा खाद्यान्न सङ्कटको सामना गरिरहेको विश्व खाद्य कार्यक्रमको तथ्याङ्क छ ।

सहयोगी सङ्घसंस्थाले यदि सुरक्षास्थिति यसभन्दा थप कमजोर अवस्थामा पुगे मानवीय सहयोग वितरण कार्यक्रमहरु प्रभावित हुने र खाद्यान्न लगायतका आधारभूत सहयोगको वितरण प्रभावित क्षेत्रमा कमी भएमा यसबाट दक्षिण सुडानमा भयङ्करको सङ्कट उत्पन्न हुने बताएका छन् । रासस÷एपी

LIVE TV