१४ श्रावण २०७३, शुक्रबार

काठमाण्डौमा दर्ता भई कैलालीको धनगढी देखि संचालनको तयारी गरिरहेको बडिमालिका यातायात प्रा.लि. र सुदूरपश्चिम यातायात व्यवसायी संघ कैलालीबीच गाडी चलाउने विषयको विवादले उग्ररुप लिएको छ ।

दुई संस्थाबीचको विवादले झडपको रुप लिएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण लिन भन्दै प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्जबाट करिब आधा दर्जन गाडी मजदुरहरु घाईते भएका छन् । उनिहरुको सेति अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
शुक्रबार धनगढीबाट काठमाण्डौका लागि छुटेको बडि मालिका यातायातलाई सुदूरपश्मि यातायातका सदस्य र मजदुरहरुले संघको कार्यालय अगाडि चटकपुरमा अवरोध सृजना गरेका थिए । अवरोध हटाउन पुगेको प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिम यातायात व्यवसायीका पाँचजना व्यक्तिलाई नियन्त्रणमा लिएको समेत बताउनुभयो । विगत लामो समयदेखि रहदै यातायात व्यवसायीहरुबीच रहदै आएको विवादले झडपको रुप लिएको हो ।
काठमाण्डौमा बडि मालिका यातायात प्रा.ली.को नामले दर्ता भएको सो बस धनगढीदेखि चल्न पाउनु पर्ने माग राख्दै बडि मालिकाले सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको बताएको छ । उता सुदूरपश्चिम यातायात व्यवसायी संघले प्रालीमा दर्ता भएको बडि मालिकाको रुट ईजाजत पत्र प्रालीमा दर्ता हुनु अगावैको रहेको र प्रालीको नाममा बसहरु हुनु पर्ने प्रावधान रहेपनि त्यसो नपाईएकोले अवरोध गरेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले जानकारी दिनुभयो ।

LIVE TV