१४ श्रावण २०७३, शुक्रबार

नेकपा ९माओवादी केन्द्र० ले सवारी दुर्घटनामा परी पार्टीको महाधिवेशन आयोजक समितिका सदस्य हरिराज खेवालगायतको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज एक शोक वक्तव्य प्रकाशित गर्नु भई धनकुटा क्षेत्र नं २ का पूर्वसभासद् तथा पूर्व अर्थराज्यमन्त्री खेवालगायतको धनकुटाको सिदुवा बजारमा बिहीबार भएको बस दुर्घटनामा परी निधन भएकामा पार्टी स्तब्ध भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । धनकुटा हात्तिखर्क गाविस वडा नं ६ मा २०२५ साल कात्तिकमा जन्मनुभएका खेवा सानैदेखि सामाजिक सेवामा क्रियाशील हुनुहुन्थ्यो ।

धनकुटा बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुभएका खेवाले २०५० सालदेखि २०५४ सम्म जनकल्याण प्रावि हात्तिखर्कमा शिक्षक हुँदै प्रधानाध्यापकसम्म बन्नुभएको थियो । विसं २०५३ का कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरी २०५४ सालमा सोही गाविसको गाविस अध्यक्षसमेत हुनुभएको थियो । नेकपा ९एमाले०, नेकपा ९माले० हुँदै नेकपा ९माओवादी०मा प्रवेश गर्नुभएका खेवा २०६४ सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा धनकुटा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुनुभएको थियो ।

अध्यक्ष दाहालले शोक वक्तव्यमा खेवा सामाजिक अभियन्ता हुनकासाथै पार्टीको त्यस क्षेत्रको एक होनहार नेतासमेत रहनुभएको उल्लेख गर्नुभएको छ ।

खेवाको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले शोकलाई शक्तिमा बदल्न उहाँका परिवारजन र आफन्तलाई आग्रह गर्नुभएको छ । खेवाका श्रीमती र दुई छोरी हुनुहुन्छ । रासस

LIVE TV