१४ श्रावण २०७३, शुक्रबार

सप्तरीको तिलाठीस्थित नेपाल भारत दशगजा क्षेत्रमा विहीवार अपरान्ह नेपाल र भारतीयहरुबीच झडप भयो । भारतले खाँडो नदीमा एकतर्फी रुपले बाँध बाधेर नेपाल तर्फको भूभाग डुबानमा पार्ने कोशिस गरेपछि त्यसको विरुद्ध सप्तरीका स्थानीय वासिन्दाहरु उत्रिएका थिए । उनीहरुको अवरोध पछि भारत पछाडि हट्न बाध्य भएको छ । तर, अझै भारतीय हस्तक्षेपको अन्त्य भने भएको छैन ।

download
बिहीबार दुवै पक्षबीच ढुंगा र लाठी हानाहान भएको थियो । झडपका क्रममा भारतीयहरुको आक्रमणबाट तिलाठी–४ का देवनारायण यादव गम्भीर घाइते भएका छन् । उनको टाउँको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । प्रकोप प्रभावित सञ्जालका जिल्ला अध्यक्ष समेत रहेका उनी भारतीय बाँधको विरोध गर्ने अगुवामध्येका हुन् । यसका अतिरीक्त तिलाठी–६ का रोशन झा र तिलाठी–१ का हर्षबद्र्धन कर्ण घाईते भएका छन् र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । दुवै जनाको टाउँकोमा चोट रहेको चिकित्सकले जनाएका छन् । त्यस्तै तिलाठीका दुर्गानन्द झा, श्यामप्रसाद कामैत, गंगा झा, शुशिल यादव, फारुख मियाँ, विष्णु मण्डललगायत एक दर्जन बढी स्थानिय घाईते भएको प्रत्यक्षदर्शीले बताएका छन् । लगातार ४ घण्टा नेपाली नागरिकहरुले भारतीयहरुसँग लडेका थिए ।
चार घण्टा लडेर नेपाललाई डुबाउने बाँध तत्कालका लागि रोकिएको छ र दुई देशका सुरक्षा अधिकारीहरुले अहिले बाँध क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन् । दुई देशका सरकारी अधिकारी ७ दिनभित्र यसको अध्ययन गरेर प्रतिवेदनको तयार पार्ने सहमति भएको छ । भारतको हेपाहा प्रवृत्तिका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । र, यहाँ मात्रै नभई देशका अन्य भूभागको सीमावर्ती क्षेत्रमा पनि भारतीय बाँध छ जस्ले बर्षेनी नेपालको भूभाग डुबाएर हजारौलाई विस्थापति बनाउँदै आएको छ ।

LIVE TV